इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत गएराति भएको खेलमा चेल्सी बराबरीमा राेकिएकाे छ। युनाइटेडकाे घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुवाती अग्रता बनाएकाे थियाे।
पहिलो हाफमा चेल्सीले निकै दवाव बनाए पनि गोल गर्न सकेन। दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन्। चेल्सी म्यानचेस्टर युनाइटेडसँग १-१ काे बराबरीमा राेकिएकाे हाे।
खेलको ६० औँ मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए, तर दुई मिनेटमै युनाइटेडले गोल फर्कायो ।माटिकको पासमा क्रिस्टियानाे रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
बराबरीसँगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ। चेल्सी ३३ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ। दुई खेल बढी खेलेको युनाइटेड ५५ अंकसहित छैटौँ स्थानमा छ।

