नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीले बुद्धिकान्त न्यौपानेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । भरतपुर महानगरमा सत्तारुढ गठबन्धनबाट उपमेयरको उमेदवारी दिएपछि अधिकारीले कार्यव्यस्तता देखाउँदै आफ्नो जिम्मेवारी बुद्धिकान्त न्यौपानेलाई प्रदान गरेका हुन् ।
