चितवन, बैशाख १९: भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेललाई नेपाली काँग्रेस बी.पि.ले समर्थन गरेको छ । गत शनिवार नै एक बिज्ञप्त जारी गर्दै सो पार्टीले पौडेललाई समर्थन गरेको हो ।
चितवन जिल्ला सभापति टेक प्रसाद बसेलले बिज्ञप्तीमा भनेका छन –’प्रजातन्त्रको रक्षाका लागि जगन्नाथ पौडेललाई मतदान गर्ने निर्णय पार्टीले गरेको छ ।’
पौडेलसहित भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट रेनु दाहाल र एमालेबाट बिजय सुबेदी मैदानमा छन ।