नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं २० मा घरदैलो कार्यक्रम गरि नेपाली कांग्रेस एवम् गठबन्धनका पक्षमा मत माग्ने कार्य आजदेखि सुरु भएको छ। यसैगरि भोलि २० गते मंगलवार विहान सम्पूर्ण कार्यकर्ताहरु शारदानगर धर्मोदय चोक स्थित रहेको पार्टी सम्पर्क कार्यालयमा उपस्थित भएर निरन्तरता दिने कार्यक्रम रहेको निर्वाचन प्रचार प्रसार विभाग प्रमुख सोम प्रसाद भण्डारीले बताएका छन्।
घरदैलो कार्यक्रम धर्मोदय चोकबाट ६:३० बजे देखि सुरु हुने जानकारी प्राप्त भएको छ।

भरतपुर २० मा नेपाली कांग्रेसबाट क्रमश : वडाध्यक्षमा मुक्ति प्रसाद घले “विश्वास”, वडासदस्य (खुल्ला) : भोजराज लामिछाने, वडासदस्य (खुल्ला): टेकबहादुर तामांग, वडासदस्य (महिला) प्रभा शर्मा कोइराला र वडासदस्य (दलित): स्वस्तिका परियार (मथे दमाई) उम्मेद्वारहरु रहेका छन्। आज सोमबार धर्मोदय चोक देखि रानीपोखरी हुँदै चन्द्रनगरबाट शारदानगर हेल्थपोस्ट सम्म पुगेर समापन भएको जानकारी भण्डारीले चित्रवन खबरलाई दिएका छन्।

