स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएका छन्। वैशाख ३० गते हुने निर्वाचनका लागि उनीहरु यतिबेला मतदातालाई भेट्न घरदैलो गरिरहेका छन्।
यसै क्रममा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका तर्फबाट ललितपुर महानगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार सुदर्शन मिश्रले पनि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उनी आज घरदैलोका लागि खुमलटार क्षेत्रमा पुगेका थिए। त्यसक्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भोट मागेका छन्।
घरदैलो अभियानकै क्रममा प्रचण्डलाई भेटेका उनले गठबन्धनको अवस्थाबारे जानकारी गराएका थिए।

