कांग्रेसले स्थानीय तहको चुनाव परिचालनका सचिवालय गठन गरेको छ।
यसअघि उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन भएको थियो। मंगलबार खड्काले ६ सदस्यीय सचिवालय बनाएका हुन्।
समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, डा. सुरेश आचार्य, डा. प्रभु वुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यो सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयनको अवस्था र पार्टीका विभिन्न सांगठनिक संरचनाहरुले स्थानीय तहको निर्वाचनमा पार्टीको हितका लागि काम गर्नेछ।