• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • १० घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • १० घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • १० घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • १२ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • १२ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • १४ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • १५ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १८ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

  •   २ महिना अघि

काठमाडौं,बैशाख-२२  :  यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेका छन् ।

स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन् । मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका छन् ।

उता निर्वाचन आयोगले सार्वजनिक ठाउँ, सडक, विद्युत्को खम्बा लगायतका ठाउँमा राजनीतिक दलले आफ्ना पोष्टर, पर्चा, पम्पलेट टाँसेका भए तत्काल निकाल्न निर्देशन दिएको भए पनि यहाँका प्रमुख राजनीतिक दलले त्यसको पालना नगरेको पाइएको छ । दलका पर्चा, पम्पलेट, पोस्टर तथा तोरणले यहाँका सार्वजनिक ठाउँ र सडक झिलीमिली छन् ।

स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा (एमाले)ले यहाँका प्रमुख बजार दिपायल सिलगढीमा रहेका सार्वजनिक स्थानमा आफ्ना पोस्टर, पम्पलेट तथा झण्डाको तोरण बनाएर टाँगेको पाइएको छ ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेले सिलगढी बजारमा नै पार्टीबाट नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नं ६ का वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको तस्वीर भएको पोस्टर र चुनाव चिह्न अङ्कित झण्डाको तोरण बनाएर सडक माथि टाँगेका छन् ।

स्थानीय तह निर्वाचन आचारसंहिताले सार्वजनिक स्थानमा कुनै पनि दलले पर्चा, पम्पलेट, तोरण तथा पोस्टर टाँस्ने कार्य गर्न रोक लगाएको भए पनि यहाँका ठूला दलले नै उक्त नियमको पालना गरेको पाइएको छैन ।

यसका साथै जिल्लाका विभिन्न ठाउँमा अन्य साना दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्ते लेखन, टिसर्ट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका दिपायल सिलगढी नगरपालिका–२ का डम्बरसिंह कठायतले बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत टाँसिएका दलका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले सबै दललाई निर्वाचन आचारसंहिता विपरीत टाँसिएका सामग्री तत्काल हटाउन निर्देशन दिइ सकिएको जानकारी दिनुभयो ।  रासस

  • स्थानीय तहको निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.