• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • १० घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • १० घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • १० घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • १२ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • १३ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • १५ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • १५ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १९ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

सत्ता गठबन्धन निकट पत्रकारको संगठनले मागे सत्ता गठबन्धनलाई भोट

  •   २ महिना अघि
पत्रकार

काठमाडाैं,बैशाख-२५  :  पाँच वटा पत्रकार संगठनले सत्ता गठबन्धनलाई भोट मागेका छन् । एक विज्ञप्तिनै जारी गरेर सत्ता गठबन्धन निकट पत्रकारको संगठनले भोट मागेपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदाताहरूमा अपिल गर्दै पत्रकार संगठनले भोट नहालेर हुने सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भूमरीमा जान सक्ने खतरा औंल्याएका छन् ।  यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस यूनियन,  प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपाल र  प्रगतिशील पत्रकार संघ रहेका छन् । विज्ञप्तिमा लोकतन्त्रको मुख्य आधार स्तम्भको रुपमा लिइने आवधिक निर्वाचन समयमै सम्पन्न हुन गइरहेको कुराले हर्षित र गौरवान्वित भएको उल्लेख गरिएको छ ।

आफ्नो मत कस्तो दल र उम्मेदवारलाई दिने भन्ने कुरा महत्वपूर्ण हुने भन्दै विज्ञप्तिमा गलत राजनीतिक दल र उम्मेदवारलाई आफ्नो मत परेमा लोकतान्त्रिक विधि, प्रक्रिया र प्राप्त उपलब्धि नै खतरामा पर्ने अवस्था पनि सिर्जना हुन सक्नेतर्फ सचेत गराइएको छ । ‘त्यसैले आफ्नो मत दिनका लागि राजनीतिक दल र उम्मेदवार छनौटमा धेरै ध्यान दिनुपर्ने हुन्छ । अहिलेको निर्वाचनमा देशमा मुख्य दुई प्रवृत्ति देखिएका छन् । एउटा वैचारिक गठबन्धन छ, जसले हजारौंको बलिदान, त्याग र समर्पणबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता समानुपातिक प्रतिनिधित्वसहितको लोकतान्त्रिक गणतन्त्रका उपलब्धीहरु र संविधानको रक्षा गर्ने, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत गर्ने, स्थानीय तहलाई संविधान र संघीयताको मर्म अनुरुप अधिकार दिने । अर्को प्रवृत्ति छ– संविधानको हत्या गर्ने, जननिर्वाचित संस्था संसदको हत्या गर्ने, सबै परिवर्तनलाई उल्ट्याउने, देशमा निरंकुशताको अभ्यास गर्ने र स्थानीय तहलाई अधिकार दिन कन्ज्युस्याई गर्ने निरंकुश प्रवृत्ति । यो प्रवृत्तिले आफ्नै पार्टी र संसद विघटन गरेर न्यायपालिका समेतलाई आफ्नो प्रभावमा पार्ने असफल प्रयास गरेको थियो। पहिलो प्रवृत्तिको प्रतिनिधिको रुपमा सत्तारुढ पाँच दलीय बामलोकतान्त्रिक गठबन्धन अगाडि आएको छ । दोश्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको समेत नेतृत्व गर्ने नेकपा एमालेले गरेको छ’, विज्ञप्तिमा भनिएको छ,‘केपी ओली नेतृत्वको एमालेले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी विधेयक ल्याएको तथा स्थानीय तहलाई अधिकार दिन अस्वीकार गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको कुरा दिनको घाममै छर्लङ्ग छ। यस अवस्थामा हामी संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरूमा हार्दिक अपिल गर्दछौं।’

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई  मत दिई विजयी बनाउन उनीहरुले अपील गरेका छन् ।

  • पत्रकारको संगठन
  • सत्ता गठबन्धन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.