काठमाडौं,वैशाख-२५ : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १७.९५ अंकले बढेर २२ सय ५६.५७ विन्दुमा अडिएको छ। यसदिन २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका समूहमध्ये ११ समूहको सूचक उकालो लाग्यो। बाँकी दुई समूहको सूचक घटयो। यसदिन फाइनान्स समूहको ३.३५ प्रतिशतले सूचक बढ्यो ।
यस्तै डेभलपमेन्ट बैंकको २.८४, हाइड्रो पावरको २.७१, अन्यको २.११, होटल एन्ड टुरिजमको २.५ र इन्भेस्टमेन्टको २.०५ प्रतिशतले सूचक बढ्यो। ट्रेडिङमा ०.२४,लाइफ इन्स्युरेन्सको ०.३३, म्युचुअल फन्डको ०.४६ र ट्रेडिङमा ०.२४ प्रतिशते मूल्य बढेको हो। बैंकिङको ०.१७ र माइक्रोफाइनान्स समूहको ० प्रतिशतले सेयर मूल्य घट्यो। आज जल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। घलेम्यादी हाइड्रो पावरको ८.८२ प्रतिशतले सेयर मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा सिटिजन्स इन्टभेस्टमेन्ट ट्रष्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ५३ हजार ५९ लाख ४५५ रुपैयाँमा सेयर कारोबार भयो । अन्नपुर्ण पोस्ट मा खबर छ ।