काठमाडौं,वैशाख-२६ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै पोख्रेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् ।
“सरकारी बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ,” उनले भने ।
पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसमा प्रवेश गर्न सुझाव दिएका छन् । “माओवादी केन्द्रले आफ्नो घोषणापत्र समेत जारी गर्न आवश्यक ठानेन, माओवादीले कांग्रेसले जारी गरेको घोषणापत्र नै आफ्नो ठानेको छ,” उनले भने ।