रत्ननगर । रत्ननगर वडा नं ४ मा एमाले समर्थित युवा संघका वडा संयोजक सन्तोष घलेसहित एमालेका पाँच जना युवा कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा एमालेका संगठित सदस्य सुनिल सुवेदी, छन्नु चौधरीलगायत रहेका छन् ।
यस्तै, राप्रपाका वडा नं ४ का युवा संयोजक भरत लामा पनि कांग्रेस प्रवेश गरेका छन् । एमाले गढका रुपमा रहेको वडा नं ४ मा कांग्रेसको जनमत बढ्दै गइरहेका बेला विभिन्न पार्टी परित्याग गरी युवा कांग्रेस प्रवेश गरेका छन् ।
वडा नं ४ का वडा सभापति एवं वडाध्यक्ष पदका उमेदवार रामकुमार चौधरीले युवाहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराएको कांग्रेस युवा नेता विशाल चौधरीले जानकारी दिए ।