चितवन, ३१ वैशाख। भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । आज विहान ९ बजेदेखी मतगणना सुरु गर्ने भनिएपनी ३ घण्टा ढिलो गरि सुरु भएको हो । भरतपुर-१ बाट मतगणना सुरु गरिएको छ ।
चितवन उध्योग संघको औधोगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा मतगणना भएको हो । दलका प्रतिनिधिहरुलाइ जालिसहितको फलामको बारको छेउमा बस्नेगरी कार्पेटमा राखिएको छ । उमेदवारहरुलाइ भने प्रतिनिधिको पछाडी कुर्चिमा राखिएको छ । भरतपुरमा १ लाख ८५ हजार ७५२ मतदाता छन् । शनिबार भएको निर्वाचनमा भरतपुरमा ६७ प्रतिशत मत खसेको थियो ।

