यहि बैशाख ३० गते भएको मतदानको मतगणना जारी छ भने अन्तिम मतपरिणामहरु पनि बिस्तारै आउन थालेका छन् । चितवनको भरतपुर महानगरबाहेक अरुको मतगणना भने छिटो भईरहेको छ। त्यस्तै राप्ती नगरपालिकामा राप्ती वडा नम्बर ६ मा एमालेका उम्मेदवारहरु सबै विजयी भएका छन् । वडा अध्यक्षमा जल्लु महतो थारु भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि पुन निर्वाचित हुनुभएको हो । वडा सदस्यहरुमा एमालेबाट वडा सदस्य ममिता कुवर, दलित महिला सदस्य गुनु विक, वडा सदस्य राजकुमार तामाङ, सहदेव सेढाइ निर्वाचित हुनुभएको छ ।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तबहादुर राना विजयी हुनुभएको छ । राना १० मतान्तरसहित विजयी हुनुभएको हो । उहाँले ६३९, प्रतिस्पर्धी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याउनुभएको थियो ।
यस्तै कालिका नगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा ५१३ मत सहित विजयी हुनुभएको छ । महिला सदस्यमा सीता माया चेपाङ, खुल्ला सदस्य मिलन चेपाङ, लोकबहादुर प्रजा निर्वाचित हुनुभएको छ । दलित महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।