भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित गरिएको छ ।
एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।