नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले जनताको अभिमतको अवमूल्यन गरेको बताएका छन्।
एमालेले सत्ता गठबन्धनबाट निर्वाचनमा धाँधली भएको आरोप लगाएपछि महामन्त्री थापाले सिंगो निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएर एमालेले जनताको अभिमतको अवमूल्यन गरेको बताएका हुन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’
मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।
— Gagan Thapa (@thapagk) May 15, 2022
प्रारम्भिक मत गणनामा आफू दोस्रो भएपछि एमालेले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो।