भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा माओवादी केन्द्रतर्फकी मेयर उम्मेदवार रेनु दाहालले ५ हजार ३ सय ८२ मत प्राप्त गरेकी छन्।
त्यस्तै, एमालेतर्फबाट विजय सुवेदीले ५ हजार ३ सय ६७ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५ सय ७७ मत ल्याएका छन्।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसतर्फ चित्रसेन अधिकारीले ६ हजार ५सय ४ र राप्रपाका हिमाल गुरुङले ४ हजार ३ सय ४५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।