काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ७७८ मतान्तरले अग्रता कायम गरेका हुन्।
यो समाचार तयार पार्दासम्म एमाले उम्मेदवार स्थापितले ५ हजार ४५३ मत ल्याउँदा साहले १० हजार २४१ मत ल्याएका छन्। यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले ४ हजार ७४२ मत ल्याएकी छन्। उनी एमालेका स्थापितबीच ७११ मतको अन्तर छ।