काठमान्डौ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। पछिल्लो मतगणनाअनुसार उनले ११ हजार ९ सय ६९ मत ल्याएका छन्।
उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। उनले ६ हजार ५ सय ६१ मत ल्याएका छन्। त्यस्तै गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७ सय ६३ मत पाएकी छन्।
अहिलेसम्म महानगरको ३१ हजार ४ सय ६७ मत गणना भइसकेको छ।

