चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर र उपमेयर नै जितेको हो ।
मेयरमा एमालेका कृष्णकुमार तामाङ ६ हजार ७५७ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन् ।
उप मेयरमा पनि एमालेकी एलिना श्रेष्ठले ६ हजार ३०५ मतसहित निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रमा लाखमान तामाङलाई पराजित गरेकी हुन् । तामाङले ५ हजार ४३० मत ल्याएका छन् ।