भरतपुर महानगरको वडा नम्बर ५ को वडाध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार युद्द्ध श्रेष्ठले विजयी हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पदमपाणी सुवेदीलाई पराजित गर्नुभएको हो ।
श्रेष्ठले २ हजार ७२ मत ल्याउदा एमालेका सुवेदीले १ हजार ९ सय ५१ मत पाउनुभएको थियो । श्रेष्ठले २ सय १२ मतान्तरले जित्नुभएको हो । सुवेदी निर्वतमान वडाध्यक्ष हुनुहुन्थ्यो ।उहाँले २०७४ मा कांग्रेसका भक्तिप्रसाद गौतमलाई ९१ मतले पराजित गर्नुभएको थियो । यो वडामा ४ हजार ५ सय ९४ मत गणना भएको थियो ।