• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • २ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ११ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १२ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • १०. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

मतगणना पश्चिम लाग्दा रेनु–विजयको मतान्तर फराकिलो बन्दै

  •   २ महिना अघि

भरतपुर महानगरमा जारी मतगणनामा रेनु दाहालले मतान्तर बढाउदै लैजानुभएको छ । दोस्रो कार्याकालका लागि मेयर उम्मेदवार बनेकी रेनु दाहालले आज (मंगलबार) राती ८ बजेसम्मको मतगणनामा ३ सय ५५ मतान्तरले अगाडी हुनुहुन्छ । रेनुले ७ हजार ४ सय २३ मत ल्याउनुभएको छ । सत्तागठबन्धनबाट उम्मेदवार बन्नुभएकी दाहाल सोमबारदेखि मतान्तर बढाउन लाग्नुभएको छ । एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५ सय ९४ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९ सय ८९, राप्रपाकी हिमला गुरुङले ५ हजार ८ सय ४० मत ल्याउनुभएको छ । मेयरमा रेनु या विजय को आउँछ भनेर धेरैको चासो बढेको छ । २१ हजार ७ सय ५४ मतगणना सकिएको छ । २०७४ को चुनावमा ५ वडासम्म आइपुग्दा रेनु ५६ मतले देवी ज्ञवालीभन्दा पछाडी हुनुहुन्थ्यो । यसपाली रेनुको पक्षमा ३ सय ४३ मत बढेको छ । मतान्तर सुधार्न सफल भएको देखिन्छ । कांग्रेसका बागी उम्मेदवार पौडेलको पक्षमा मत बढेपनि रेनुको मत निराशाजनक नभएपछि सत्तागठबन्धनका नेताहरु उत्साहित छन् ।

पौडेलले ६ देखि ९ नम्बर वडासम्म केही बढी मत ल्याउने आँकलन गरिएपनि विजय सुवेदीले यी वडामा फराकिलो मतान्तर बनाउन नसक्ने विश्लेषण भएका छन् । २०७४ को चुनावमा ६, ८ नम्बर वडा कांग्रेसले जितेको थियो भने ७, ९ नम्बर वडामा एमालेले जितेको थियो । ७ र ९ मा एमालेबाट निर्वाचित वडाध्यक्षहरु यसपाली एकिकृत समाजवादीमा छन् । दुवै उम्मेदवार दोस्रो कार्याकालका लागि वडाध्यक्ष बन्ने दौडमा छन् । एमालेको मत कटौती हुने अपेक्षामा माओवादी केन्द्र छ । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका पौडेल कांग्रेसको जिल्ला अधिवेशनमा महाधिवेशस प्रतिनिधिमै हारेको गृह वडा समेत हो । त्यसैले माओवादी मत धेरै पाउने आशमा छ ।

वडा नम्बर १० र १२ मा एमालेबाट निर्वाचित वडाध्यक्ष एकिकृत समाजवादीमा लागेका छन् । ११ मा विगतमा एमालेबाट निर्वाचित वडाध्यक्षमात्रै एमालेमा छन् । ११ नम्बर वडामा भने सत्तागठबन्धनलाई चूनौती देखिन्छ । २०७४ मा ११ नम्र वडामा १ हजार १ सय ६२ मतान्तर थियो ।  १४ देखि २१, २४, २७ नम्बर वडामा कांग्रेस बलियो छ ।नारायणगढ, भरतपुर क्षेत्रमा रेनु–विजयबीच निकै प्रतिस्पर्धा देखिएपनि पश्चिम चितवनतर्फ लाग्दा मतान्तर बढ्ने अनुमान गर्न थालिएको छ ।

१३, २५ र २६ माओवादीलेनै जितेको थियो । २२, २८ र २९ नम्बर वडामा एमालेले जितेको थियो । तर, २२ बाट निर्वाचित वडाध्यक्ष एकिकृत समाजवादीमै छन् । रेनु पश्चिमका वडाहरुको मतगणनामा अगाडी आउनेमा गठबन्धनका जिल्ला नेताहरु विश्वस्त छन् । तर,  बलियो संगठन, विकासको स्पष्ट खाका कोर्न सक्षम मेयर उम्मेदवार भएकाले एमाले मेयर जित्नेमा अडिग छ ।

विप्लव काफ्ले/ कालिका एफ एम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.