पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीले अग्रता कायम गरेको छ।
महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा समाजवादीका धनराज आचार्यले १ हजार ७९५ मतले अग्रता कायम गरेका हुन्।
कुल ३१ हजार मत गणना हुँदा मेयरमा समाजवादीका आचार्यले १२ हजार ९४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत प्राप्त गरेका छन्।
यस्तै, महानगरको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १३ हजार २३३ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ७२८ मत प्रात गरेकी छन्।