संघीय संसदअन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल हुनेछ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए।