चितवन – भरतपुर महानगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठसहित प्यानलै विजयी भएको छ । श्रेष्ठ दुई हजार ७३५ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डोलनाथ अधिकारीलाई ६१८ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले २११७ मत पाएका छन् ।
यस्तै खुल्ला सदस्यहरुमा रुद्र अधिकारी र जितेन्द्र कोईराला निर्वाचित भएका छन् भने महिला सदस्यमा शारदा पोख्रेल र दलित महिला सदस्यमा शर्मिला परियार निर्वाचित भएका छन् ।

