सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १ हजार ८८ मतान्तरको अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार राईले ११ हजार ३३९ मत पाएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ९ हजार ८६० मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ३८१ मत पाएका छन् ।
उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा अगाडि छन् । उनले ११ हजार ९३८ मत ल्याउँदा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले ११ हजार ४०२ मत ल्याएका छन् ।
शुक्रबार अहिले बिहान ८ः२५ सम्ममा धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सकिएको छ भने वडा नं. ११ को २८०० मत, वडा नं. १३ को १६०० मत, १४ को १५०० र वडा नम्बर २० को १३१० मत गणना भएको छ ।