नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।
हामीले लगाउने लत्ता कपडादेखि भान्सामा चाहिने सबैकुरा हामी किन्छौं, किन्नका लागि हाम्रा केटाकेटी बहिर पठाउँछौ,’ उहाँले भन्नुभयो, ‘उनले पठाएको पैसाबाट किन्छौं, नेपाल बास्तवमा भन्ने हो भने मान्छे बेच्ने, मालसामान किन्ने देश भएको छ ।’
उहाँले नेपाली उद्योग प्रवर्द्धन गर्ने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

