भरतपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर–१२ सम्मको नतिजामा यसपटक वडा नं–१, २, ३, ११ र १२ मात्र एमाले उमेदवार रेनुभन्दा अगाडि छन् । अघिल्लो निर्वाचनमा वडा–४, ६, ७ र ८ मा मात्र एमाले उमेदवार रेनुभन्दा पछि थिए ।
भरतपुर महानगरपालिका वडा नं–११ लाई नेकपा एमालेले आफ्नो गढको रुपमा लिने गरेको छ । महानगरका अन्य वडाहरुमा पार्टी इतरको नतिजा आए पनि ११ नम्बरमा भने पार्टीको तर्फबाट जोकोही उमेदवार बने पनि चुनाव जित्ने पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताको बुझाइ छ । सोहीअनुसार यसपटकको स्थानीय निर्वाचनमा वडा नं–११ मा माओवादी केन्द्रका उमेदवार युवराज पौडेललाई पछि पार्दै एमालेका उमेदवार कमल मल्ल निर्वाचित भए ।


