चितवन,८ जेष्ठ-भरतपुर महानगरपालिका वडा नं २० को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार मुक्तिप्रसाद घले (विश्वास) विजयी भएका छन् । घलेले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार देवबहादुर तामाङलाई फराकिलो मतान्तरले हराएका हुन् ।
मतगणनाको आधिकारिक अंक केहि बेरमा सार्बजनिक गरिने छ | यस वार्डमा ५२४९ मतदाता रहे पनि ३७५१ मत खसेको थियो ।
भरतपुरको अहिलेसम्म २० वडाको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७ र २० गरी १२ वटा वडा जितेको छ । त्यसै नेकपा एमालेले ३, ११, १२ १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७ र ९ गरेर २ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३ जित्दै खाता खोल्न सफल भएको छ ।