निराज रानाभाट , गोर्खा : गण्डकी प्रदेशमा पर्ने गोर्खाकाे पालुङटार नगरपालिकाको मेयरमा निर्वाचित भए लगतै मेयर विवश चिन्तनले सामाजिक सुरक्षा भत्ता बापत पाउने रकम अब घर – घर गएर वितरण गर्ने निर्णय गरेका छन ।
जनताले उक्त रकम पाउनको लागि धेरै नै सास्ति पाउने गरेकाले यस्तो कार्यलाई सहज बनाउन आफूले यस्तो निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकसँग समन्वय गरेर रकम वितरणलाई प्रभावकारी बनाईने बताए ।
विवश चिन्तनले अझै यस्ता थुप्रै प्रभावकारी र जनतालाई सहज हुने कार्य गर्दै जाने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।