भरतपुर महानगर पालिकाका उपमेयर हुन चित्रसेन अधिकारी । अधिकारी उपप्रमुख मात्र नभइ सामाजिक र सहयोगी अभियन्ता पनि हुन । बि स २०२४ साल जेठ १ गते बुवा हर्क बहादुर ( कोते) अधिकारी र आमा दुर्गा कुमारी अधिकारीको कोखबाट साबिक पार्बतिपुर गाबिस ( हाल भरतपुर २१) मा जन्मेका अधिकारीको भरतपुर महानगरमा छुट्टै पहिचान बनाएका छन् । आफ्नो वडा मात्र नभइ सिगो भरतपुर माहानगरकै छवि उच्च बनाउने काममा अहोरात्र खट्ने वडा अध्यक्षको रुपमा उनी परिचित छन् ।
२०३८ सालबाट राजनैतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा सहभागी भएर नेतृत्व गरेका थिए । २०४६ सालको जन आन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी पार्टीका सबै कार्यक्रमहरुमा अग्रपक्तिमा रहेर नेतृत्व गर्दै आइरहेका छन । २०६२/६३ को आन्दोलनको नेतृत्व गरेर समाजमा सबैको हाइ हाइ बनेका थिए । नेपाली काङ्ग्रेसको ११ औ माहाधिबेशनमा क्षेत्रिय प्रतिनिधि,१२ औ माहाधिबेशनमा क्षेत्रिय सदस्य हुँदै राजनीतिक यात्रामा आफुलाइ अब्बल साबित गर्न सफल छन अधिकारी । पार्टीको १३ औ माहाधिबेशनमा जिल्ला सदस्य भएका अधिकारी १४ औ माहाधिबेशनमा आएर भरतपुर माहानगरको सभापति जस्तो गरिमामय पदमा निर्वाचित भएका थिए ।
बि स २०५४ को बहुदल प्राप्ति पछिको साबिक पार्बतिपुर गाबिसको वडा न ७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनको भरतपुर २१ को वडा अध्यक्ष हुँदै माहानगरको दलिय नेताको रुपमा रहि विविध कार्य सम्पादन गरिसकेका छन अधिकारीले । अधिकरिले राजनितिक शास्त्रमा स्नातक सम्मको अध्ययन गरेका छन । पार्बतिपुर खानेपानी उपभोक्ता समितिको बर्तमान अध्यक्ष , अन्नपूर्ण कलेजको सस्थापक सदस्य, अन्नपूर्ण मा बि को ब्यबस्थापन समितिको सदस्य , पार्बतिपुर स्वास्थ्य चौकिको ब्यबस्थापन समितिको अध्यक्ष , खगेरी सिचाइ उपभोक्ता समितिको सदस्य, पार्बतिपुर प्रेरणा साकोसको निबर्तमान अध्यक्ष, पार्बतिपुर मेलमिलाप समितिको निबर्तमान सयोजक हुँदै आफ्नो पुरै जीवन नै राजनीतिक क्षेत्रमा खर्चिएका छन अधिकारीले ।

