काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको घोषणपछि स्वतन्त्र उम्मेदवार बालने शाहका समर्थक ले धन्यवाद र्यालीको आयोजना गर्ने भएका छन्। परिवर्तनका पक्षमा मतदान गर्ने, समर्थन गर्नेहरुलाई धन्यवाद ज्ञापनका लागि र्यालीको आयोजना गर्न लागिएको हो।
यस्तो छ रुट
बालेनको पक्षमा सक्रिय रहेका पूर्व सचिव भिम उपाध्यायका अनुसार अन्तिम मतपरिणाम घोषणापछि बालेनको धन्यवाद र्याली राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ।
त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिनेछ।
सहभागीलाई नियम कडा !
र्यालीमा सहभागीहरुका लागि नियम कडा लगाइएको छ। सभ्य र अनुशासित किसिमको र्याली हुने बताइएको छ। र्यालीमा सहभागीहरुले कसैको बिरोध गर्न वा कसैलाई गिज्याउन पाउने छैनन्।
मतगणना अन्तिम चरणमा
अहिले महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ।
यस्तो छ पछिल्लो मतपरिणाम:
जम्मा गणना – १,८३,६७९
गणना बाँकी – ७४४६
बालेन साह – ५९,४४९
सिर्जना सिंह – ३७,५४२
केशव स्थापित –३७,२१८
अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ।

