भरतपुर । शिक्षा विकास तथा समन्वय इकाइ भरतपुर, चितवनले साबिक बमोजिम नै बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि शुक्रबारका दिन १ बजेसम्म पठनपाठन हुदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन हुने कार्यालयले जनाएको छ ।
शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु गरिएको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्ने निर्णय गरेको छ। पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतबार सार्वजानिक विदा दिएका कारण अपुग हुने समयअवधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने निर्णय भएको छ ।
यसो गर्दा बर्षभरिमा अधिकतम ३० दिनसम्म एकै पटक वा पटक पटक गरेर विदा दिन सकिने गरी स्थानिय तहले विदा समायोजन गर्नेछ । विद्यालयशरुले यसै अनुसार बार्षिक क्यालेडर तयार गरी कार्यान्वय गर्नेछन् ।

