भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । उनी सवार ल्याण्ड क्रुजर गाडी आज दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतको भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ ।

