नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) सहभागीमध्ये ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो। परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन्।

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागीमध्ये एक हजार १७ जना अनुत्तीर्ण भएका छन् भने दुई जनाको परीक्षा रोकिएको छ।

