आज काठमाडाैँस्थित सैनिक मञ्च टुँडिखेलमा झरीका बीच पनि गणतन्त्र दिवस मनाइएकाे छ। नेपाली सेनाको हेलिकप्टरबाट पृष्पवृष्टिसहित कार्यक्रमकाे शुभारम्भ गरिएकाे थियाे।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतकाे उपस्थिति रहेको थियो ।



