• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • १ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • ११ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

बागमती प्रदेशको नीति तथा कार्यक्रम कर्मकाण्डी : प्रतिपक्षी दल

  •   १ महिना अघि

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी दलहरुले ‘कर्मकाण्डी’को संज्ञा दिएका छन्।

सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा प्रस्तुत गरेको प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले नयाँ योजना समेट्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले ‘कर्मकाण्डी’को संज्ञा दिएका हुन्।

प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रतिक्रिया दिँदै प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन्।

उनीहरुले सरकार पुरानो योजना र कार्यक्रममा नै रमाएको प्रतिक्रिया दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेश सरकारले पुरानै कार्यक्रमलाई लिपिवद्ध गरेको टिप्पणी गरे। नयाँ जोश, जाँगर र उत्साह बोकेका कार्यक्रम ल्याउन नसकेर प्रदेश सरकारले पुरानै कार्यक्रमलाई सारेको उनको भनाई छ।

‘विगतकै कुराहरुलाई निरन्तरता दिन शब्दहरु तलमाथि गर्ने र केही नयाँ शब्दहरु थप्ने काम मात्रै भएका छन्। सरकारले नयाँपन र उत्साहलाई देखाउन सकेन’, उनले भने। निरौलाले आफूहरुको नेतृत्वमा चालू आवमा ल्याइएको धेरै कार्यक्रमलाई सरकारले निरन्तरता दिएकोमा खुशी लागेको भएपनि नयाँ योजना समेट्न भने सरकार चुकेको जिकिर गरे।

अर्को प्रतिपक्षी दल विवेकशील साझाका रमेश पौड्यालले प्रदेश सरकारले कर्मकाण्डी ढंगले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे। नयाँ कुरा समेट्न नसकेको सरकारले पराम्परागत ढंगले पुरानो कुरालाई निरन्तरता दिएको उनको भनाई छ। ‘नयाँ कुरा केही आएको छ कि भनेर मैले ध्यानपूर्वक सबै सुनेँ। तर, केही कतै नयाँ कुरा भेटिएन। अघिल्ला वर्षहरुमा आएको कुराहरुलाईलाई नै निरन्तरता दिइएको छ’, पौड्यालले भने।

मन्त्रालयहरुको संख्या घटाएर प्रदेश सरकारको खर्च कटौती गर्ने, सुशासन सम्बन्धी कुरा र केही नयाँ कामहरु यसरी गर्छौ भन्ने खालका योजनाहरु पनि नआएको उनले बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल हुने कुरामा द्विविधा नै नरहेको बताए। सरकारले नयाँ कार्यक्रमलाई समेट्न नसक्दा यसअघिको जस्तै यो नीति तथा कार्यक्रम पनि असफल हुने उनको टिप्पणी थियो। ‘नयाँपन केही पनि दिन सकेन। ४ वर्षदेखि ल्याइएको नीति तथा कार्यक्रम जसरी असफल भयो, यो पनि त्यसैगरी असफल हुनेमा कुनै द्विविधा छैन। कुनै नयाँ कुरा नभएको यो नीति तथा कार्यक्रम फलदायी होला भन्ने पनि मलाई लाग्दैन’, चित्रवन खबरसँग कुरा गर्दै गोसाईंले भने।

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबैलाई छोएको बताए। उनले नीति तथा कार्यक्रमले प्रदेशको गौरव बढाउने समेत टिप्पणी गरे। उनले बालबालिका र वृद्दलाई समेत नीति तथा कार्यक्रमले छोएको दाबी गरे।

प्रदेश चक्रपथ बनाउनेदेखि अन्य विविध योजनाहरुले प्रदेशको गौरवलाई नै बढाउने नेता बानियाँले विश्वास व्यक्त गरे। उनले सरकारले गरिबमुखी र काममुखीलाई सम्बोधन गर्दै परिणाममुखी नीति तथा कार्यक्रम ल्याएको दोहोर्‍याए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.