अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई घुससहित पक्राउ गरेको छ।
जग्गाको हालसाविक गर्नमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ माग गरेको ३० हजार रुपैयाँ घुस सहित उनको निवासबाट (पुरानो नापी कार्यालय) नियन्त्रण लिईएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।
अमिन रायमाझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थितको जग्गा हालसाविक गर्नका लागि घुस लिएको बताईएको छ।