भरतपुर महानगरपालिका वडा नं १० ले “एक घर परिवार एक रक्तदाता” अभियानको घोषणा गरेको छ। नियमित रक्तदाता रहेका वडाध्यक्ष परमेश्वर खनालले उक्त घोषणा गरेका हुन्। भरतपुर १० मेडिकल सिटिको मुख्य भागमा पनि पर्छ र यो निर्णयले वडावासीका साथसाथै उपचारका निम्ति आउने बिरामीहरुलाई पनि राहत मिल्ने सरोकारवालाहरु बताउँछन्।
चितवनमा रगतको अत्याधिक माग हुनेगर्छ भने मागअनुसारको आपूर्तिमा कठिन रहँदै आएको परिप्रेक्षमा यो निर्णय प्रभावकारी हुनेपनि स्थानीयहरु बताउँछन्।