निराज रानाभाट , काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीको स्वरमा समावेश ‘ उनी बोल्दिनन् अचेल ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘ उनी बोल्दिनन् अचेल ’ गीतमा देवेन्द्र के.सी. को शब्द , शक्ति बल्लभको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय देख्न सकिन्छ । उनीहरुको मनछुने अभिनय यस भिडियोमा हेर्न सकिन्छ । दुईको जोडीलाई गीत सार्वजनिक भएपछि दर्शकले रुचाएका छन् ।
रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन , अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
पूरा भिडियो :