चितवन, जेठ २१ : भरतपुरको चनौली शीत भण्डारले विद्युत् महशुलमा ५० प्रतिशत छुट पाउने भएको छ । १ सय प्रतिशत विद्युत् महशुल रकम बुझाउँदै आएको शित भण्डारले अवदेखि छुट पाउने भएको हो । लामो समयसम्मको प्रयासपछि छुटका लागि सम्झौता भएको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष पौडेल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहल र सहजिकरणले छुटको सम्झौता भएको संस्थाले जनाएको छ ।
संस्थाले कार्यकारी निर्देशक घिसिङ सहित प्राधिकरणका अर्थ महाशाखाका प्रमुख तोमलाल सुवेदी, नेपाल विद्युत् प्राधिकरणका निर्देशक शिव अधिकारी, कृषि विकास मन्त्रालय सचिव गोविन्द शर्मा, ऊर्जा मन्त्रालयका सचिव शुशिल चन्द्र तिवारी र सह– सचिव मधु प्रसाद भेटवाललाई धन्यवाद ज्ञापन गरेको छ ।
चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल र संस्थाका शेयर सदस्य तथा सामाजिक व्यक्तित्व कृष्ण रेग्मी लगायतको विशेष सहयोग गरेको संस्थाले जनाएको छ ।