जेठ २४ : चितवनका किराना व्यवसायीहरुले अबदेखि शनिवार पसल बन्द गर्ने भएका छन् । किराना व्यवसायी संघ चितवनको सोमबार बसेको कार्यसमिति बैठकले शनिबार पसल बन्द गर्ने निर्णय गरेको हो । यसअघि चितवनका किराना पसल सोमबार बन्द हुँदै आएका थिए ।
बजारको मागलाई सम्बोधन गर्दै अबदेखि किराना पसल शनिबार बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष हरिराज पौडेलले जानकारी दिनुभयो । उहाँले संघको निर्णयमा ऐकेवद्धता जनाउन सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।