काठमाडौं । लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेको कुरा यतिबेला बिभिन्न संचारमाध्यम र सोसियल मिडियामा चर्चामा छ । तर रबि लामिछानेले आफैले यो कुरा कहीं कतै पनि बोलेको वा सामाजिक संजालमा स्टाटस पनि पोस्ट गरेको देखिदैन |
टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।
उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा रहेको र काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको कुराले सामाजिक संजाल तताएको छ ।
यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ ।

