रत्ननगर । बिहीबार बिहान ४ः२० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं ३ बेल्सी पुलनजिकै बिग्रिएर रोकिराखेको ना ६ ख ५७१९ नम्बरको ट्रकलाई बाराबाट काठमाडौँ जाँदै गरेको बिआर ०५ पिए ९९७४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा स्कार्पियोमा सवार पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा स्कार्पियो चालक बारा कलैया उपमहानगर १ बस्ने ४२ वर्षीय राजीवप्रसाद कुर्मी, सोही ठाउँका ६० वर्षीय रामबाबु साह, ६१ वर्षीय महमदबाबु खान, ४० वर्षीया सिलादेवी साह, बारा महागढीमाई नगरपालिका १० बस्ने वर्ष ३२ को रामजीप्रसाद साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

