अभिनेता श्रद्धा कपुरका दाई र शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई आइतबार राति लागूऔषध सेवन गरेको आरोपमा बेंगलुरुमा पक्राउ गरिएको छ । एएनआईका अनुसार बेंगलुरु प्रहरीले एमजी रोडमा रहेको एउटा होटलमा भएको पार्टीमा छापा मारेको थियो । औषधि सेवन गरेको आशंकामा स्वास्थ्य परीक्षणका लागि नमुना पठाइएको छ । नमूना पोजेटिभ आएका ६ जनामध्ये सिद्धान्त पनि परेका छन् । उनी हाल हिरासतमा छन्, एएनआई रिपोर्टले जनाएको छ।
सिद्धान्तले क्राइम फिल्म शुटआउट एट वडाला (२०१३) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए। त्यसपछि उनी अग्ली, हसिना पारकर (आफ्नी बहिनी श्रद्धासँग), पल्टन र अन्य फिल्महरूमा देखा परेका छन्।
२०२० मा, सुशान्त सिंह राजपूतको मृत्युपछि लागूऔषध सम्बन्धी अनुसन्धानमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (NCB) ले धेरै कलाकारहरूलाई सोधपुछ गरेको थियो। एनसीबीले सोधपुछ गर्ने कलाकारमध्ये श्रद्धा कपूर पनि थिइन् ।