सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा पूर्व गृहसचिव मोहनकृष्ण सापकोटा नियुक्त भएका छन्।
सरकारले मंगलबार पूर्व गृहसचिव सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको हो।
वालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ।
यसअघि उनले सार्वजनिक खरिद कार्यालयको महानिर्देशकको रुपमा आफ्नो कार्यकाल सकेर अवकाश पाएका थिए।
सापकोटाले यसअघि गृह मन्त्रालय, पर्यटन मन्त्रालय लगायत अन्य मन्त्रालयहरुमा समेत सचिवकाे रूपमा काम गरिसकेका छन्। उनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहँदा सार्वजनिक खरिदको प्रकृयामा सुधार भएको भन्ने सकारात्मक टिप्पणी समेत सुनिन्छ।