चनौली,३-असार : भरतपुर महानगरपालिका २० मा अवस्थित जेनिथ इङ्गिस बोर्डिङमा चुनावी कार्यक्रम सप्पन्न भएको छ । शैक्षिक सत्र २०७९ का लागि चुनावी प्रक्रियाद्वारा स्कुलले क्याप्टेन र भाइस क्याप्टेन छनोट गरेको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब २२० विद्यार्थीले मतदानमा सहभागीता जनाएका थिए । स्कुल क्याप्टेनलागि ५ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएकोमा कक्षा ९ का विद्यार्थी नेहाल तामाङले अत्यधिक मतका साथ बिजय हासिल गरेका छन् । त्यसैगरी भाइस क्याप्टेन छात्रा तर्फ ५ जना प्रतिनिधि बिचको प्रतिस्पर्धामा कक्षा ७ कि विद्यार्थी खुसी गुरुङले बहुमत सहित बिजय हासिल गरेकी छिन् भने खुल्ला तर्फबाट कक्षा ९ का विद्यार्थी लेनिस महत्तो भाइस क्याप्टेनमा बिजय भएका छन् ।
प्रजातन्त्रमा चुनावी प्रक्रिया कसरी हुन्छ ? मतदान कसरी गर्ने ? आफुले चाहेको प्रतिनिधि कसरी छनोट गर्ने जस्ता विषयमा विद्यार्थीलाई अनुभवी र दक्ष बनाउन चुनावी कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य विष्णु हरि अधिकारीले जानकारी दिनुभयो ।