भुवनबस्ती,४-असार : श्री आधारभुत विद्यालय भुवनबस्ती भरतपुर १८ ले नवनिरवाचित जनप्रतिनिधि र बिद्यालयका अक्षय कोष दातालाइ बधाई एवं सम्मान गरेको छ । भरतपुर १८ का अध्यक्ष बाबु राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नवनिवार्चित जनप्रतिनिधिहरु बिमल लामा,कृष्ण भक्त भट्टराई,दिल कुमारी गजमेर,लक्ष्मी अधिकारी लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रममा प्रध्यानध्यापक गुरु प्रसाद अधिकारी, शिक्षा प्रेमी एवं विद्यालयका सल्लाहकार सोम बहादुर तामाङ,राम चन्द्र् बि क,जित बहादुर तामाङ,शेर बहादुर खाड,विद्यालयका पुर्व अध्यक्ष हिरा देबि गुरुङ सदस्यहरु आइति माया ठकुरि,धर्म देबि क्षेत्री,बिना श्रेष्ठ,बन राज गुरुङ,मान बहादुर मिजार लगायतका अतिथिहरुको उपस्थिति रहेकोे थियो । प्रमुख अतिथि रानाले कार्यक्रममा आफ्नो कार्यकाल भखरै मात्र सुरु भएको र वडा बाट शिक्षाको लागि सक्दो सहयोग हुने आश्वासन दिनु भयो । उहाले ब्यक्ति गत रुपमा आफुले नै भुवनबस्तीमा अध्यनरत कक्षा ८ सम्मका विद्यालय भरि कै प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थीलाइ क्रममा रु ८०००,६००० र ४००० दिने घोषणा गर्नु हुदै शिक्षकहरुको बीचमा पनि उत्कृष्ट शिक्षकलाइ रु ८००० दिने घोषणा गर्नु भयो ।
कार्यक्रममा विद्यालयममा अक्षय कोष खडा गर्नु हुने भरतपुर १० कटहर चोकका पुस्कर राज थापा र उहाको धर्मपत्नी सोबिता वाग्ले थापालाइ सम्मान गरिएको थियो । थापा दम्पतिले रु।१ लाख १हजार १ सय ११ रुपैयाको अक्षय कोष खडा गर्नु भएको हो । शिक्षा प्रेमी एव सफल व्यवसायी थापा करुण सोप एन्ड केमिक्ल्स इण्डष्टी प्रा.लि खैरेनी ४ चितवनका प्रबन्धक निर्देशक समेत रहनु भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाइ विद्यालयका शिक्षक डम्बर भुजेलले सहजीकरण गर्नु भएको थियो ।



