भरतपुर । जिल्ला समन्वय समिति चितवनका नवनिर्वाचित प्रमुख नारायणप्रसाद अधिकारी सम्मानित भएका छन् । नेपाल निवृत्त शिक्षक समाज भरतपुर र नेपाल राष्टिय शिक्षक संगठन चितवनले शनिबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेका हुन् ।
तीन दशक लामो समय शिक्षण पेसामा रही राजनीतिमा सक्रिय रहेका अधिकारी गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं ३ बाट सदस्य पदमा विजयी भएका थिए । जेठ ३१ गते भएको जिल्ला समन्वय समिति चितवनको प्रमुख पदको निर्वाचनमा अधिकारी विजयी भएका हुन् ।
आफ्नो जीवनको ऊर्जावान समय पहाडी भूगोलको शिक्षा विकासमा लगाएका अधिकारीले आफूसम्बद्ध संस्थाबाट सम्मानित हुन पाउँदा खुसी प्रकट गरे ।