काठमाडौं– नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ मूल्य बढाएको हो ।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ रुपैयाँ प्रतिलिटर छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ प्रति लिटर पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।
निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढेको छ ।


