• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • १ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • ११ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पश्चिम चितवनबाट कुरिलो विदेश निर्यात, नेपाली कुरिलो दुबई तथा कतारमा

  •   २ हप्ता अघि

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँले भनाइ छ ।

आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आउनुभएको छ । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो ।

कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

भरतपुर महानगरमा व्यावसायिक रुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उहाँले गुनासो गर्नुभयो । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो ।

आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”

उहाँले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो ।

सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तरकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।”

बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिक रुप दिएको उहाँको भनाई छ ।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।

समाचार श्रोत : न्युज २४

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.